ad ad

समाज


भारतमा शक्तिशाली भूकम्प, रातिको समय भागाभाग

भारतमा शक्तिशाली भूकम्प, रातिको समय भागाभाग

नेपालखबर
माघ ३०, २०७७ शुक्रबार २३:२५,

भारतको राजधानी नयाँ दिल्लीलगायत क्षेत्रमा शुक्रबार राति भूकम्पको शक्तिशाली झट्का महसुस गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार राती १० बजेर ३१ मिनेटमा नयाँ दिल्लीसहित उत्तर भारतका पन्जाब, जम्मु-कस्मिर, हरियाणा, राजस्थानलगायत क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो। 

रातिको समय भूकम्प गएपछि स्थानीयको भागाभाग भएको थियो। घरबाट बाहिर निस्किएका थिए। तर अहिलेसम्म कुनै किसिमको क्षतिको खबर आएको छैन।

भारतको नेसनल सेन्टर फर सिस्मोलजी (एनसीएस) का अनुसार ताजकिस्तान केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको हो। 

साथै अफगानिस्तान र पाकिस्तानका पेसावर, इस्लामाबाद, लाहौरमा समेत भूकम्पको तीव्र धक्का महसुस गरिएको बीबीसी हिन्दीले जनाएको छ। 

उता समाचार एजेन्सी रोयटर्सले भारतीय मौसम विभागका वैज्ञानिक जी सुरेशको भनाइ उधृत गर्दै लेखेको छ– १० मिनेटभित्र एसिया महाद्वीपमा दुईपटक भूकम्प गएको छ, एक ताजकिस्तानमा र अर्काे चीनको सिसुआनमा।’

मौसम विभागका अनुसार भूकम्पका कारण उत्तरी कस्मिरमा धेरैवटा घर चर्किएका छन् भने पन्जाबको अमृतसरमा एउटा पर्खाल भत्किएको छ। तर अहिलेसम्म हताहतीको जानकारी प्राप्त भएको छैन।

पन्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले ट्विट गरेका छन्, ‘अमृतसर वा पन्जाबको अर्काे क्षेत्रबाट पनि भूकम्पका कारण कुनै क्षति भएको खबर प्राप्त भएको छैन। पन्जाब प्रहरीका शीर्ष अधिकारीले अवस्थाबारे बुझ्ने काम गरिरहेका छन्।’

हेर्नुहोस्, उनले अंग्रेजीमा लेखेको ट्विट : 

जम्मु–कस्मिरका पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाले पनि ट्विटरमार्फत सन् २००५ को भूकम्पयता पहिलोपटक श्रीनगरमा यति तीव्र किसिमको झट्का महसुस गरिएको बताएका छन्।

उनले लेखेका छन्, ‘२००५ मा गएको भूकम्पपछि पहिलोपटक मैले श्रीनगरमा यति तीव्र धक्का महसुस गरें कि म घरबाट बाहिर भागें। मात्र एउटा कम्बल लिएर दौडिएछु। मलाई मोबाइल बोक्ने होस आएन, यसैकारण यसअघि मैले ट्विट गर्न पाइनँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .