ad ad

समाज


प्रनिशको फरक शैली कसरी अपराध भयो?

प्रनिशको फरक शैली कसरी अपराध भयो?

नेपालखबर
जेठ ३०, २०७६ बिहिबार ४:३६,

प्रनिश गौतम थुनामा छन्। उनी बिरुद्ध बिद्युतीय कारोबार ऐन अनुसार अदालतले पाँच दिनको अनुसन्धान म्याद दिएको छ। युट्युब च्यानल मेम नेपालमा चलचित्र ‘वीरबिक्रम–२’ को समिक्षा गरेका कारण उनी बिरुद्ध निर्देशक मिलन चाम्लिङ राईले उजुरी दिएका थिए।

प्रनिश गौतम पक्राउसँगै चलचित्र समिक्षा र फरक शैली दुबै कसरी अपराध भयो भन्ने छलफल सुरु भएको छ। यही सन्र्दभमा लोकप्रिय बल्ग माईसंसारले एउटा लामो ब्लग लेखेको छ।

जसमा भनिएको छ: उदाउँदा कमेडियन प्रनिशको लोकप्रियता हेरेर मेम नेपालले मुभी रिभ्यु गर्न लगायो। उनले आफ्नो विधा अनुसार व्यङ्ग्यात्मक समिक्षा गरे। गल्ती त्यहीँनिर भयो। समीक्षा गर्न लायक फिल्मको पो समिक्षा गर्ने। यस्तो तोरिलाउरे फिल्मको समिक्षा गरेपछि जस्तो छ त्यस्तो भन्नै पर्याे। पाँच हजारे पत्रकारहरुलाई पैसा बाँडेर फिल्मको प्रचार र वाहवाह सुन्न बानी परेकाहरु व्यङ्ग्यले तिरिमिरी झ्याइँ भइहाले।

पाँच हजारे पत्रकारको अर्थ केहीले नबुझेका हुन सक्छन्। फिल्म बनाइसकेपछि त्यसको प्रचारको लागि निश्चित बजेट छुट्याइन्छ। अनि त्यो बाँड्ने ठेक्का एक जना फिल्मी पत्रकारले लिन्छ। अनि उसले त्यो बिट भएका सबै पत्रकारहरुलाई पैसा बाँड्छ (स्टायन्डर्ड रेट पाँच हजार रहेछ)। त्यसैले पाँच हजारे पत्रकार भनेर बुझिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .