ad ad

समाज


उद्यमशीलता सम्बन्धी टक सिरिजको सातौं श्रृंखलामा आउनेछन् यी चर्चित व्यक्तिहरु

उद्यमशीलता सम्बन्धी टक सिरिजको सातौं श्रृंखलामा आउनेछन् यी चर्चित व्यक्तिहरु

नेपालखबर
मंसिर ५, २०७७ शुक्रबार १५:३८,

हल्ट प्राइज एट आईओई २०२०–२१ र पुल्चोक क्याम्पसको नेक्स्टजेन संस्थाको संयुक्त सहकार्यमा शनिबार उद्यमशीलता सम्बन्धी टक सिरिज आयोजना हुने भएको छ। सोही दिन हल्ट प्राइजको सेमी फाइल कार्यक्रम पनि सम्पन्न हुनेछ।

उद्यमी टक सिरिजको यो सातौं श्रृंखला हो। ‘सस्टेनिग् योर् बिज्नेस’ शीर्षकमा केन्द्रित रहने कार्यक्रमका लागि पूर्व मिस नेपाल तथा मिडिया पर्सनालिटी माल्भिका सुब्बा, बौद्ध भिक्षु तथा गायिका आनी छोइङ ड्रोल्मा, मिडिया पर्सनालिटी तथा मोडल श्री पाण्डे, मिडिया पर्सनालिटी तथा पूर्व मिस टिन रोजिका पोखरेल, डिजिटल नेपाल कम्पनीका संस्थापक आदित्य राज र फिलिपिन्सबाट स्वान्टेल नेइटो उपस्थित हुने छन्।

फिलिपिनी सामाजिक उद्यमी तथा बीएण्डबी सोल्युसनकी सहसंस्थापक स्वान्टेल नेइटो यस कार्यक्रमको मुख्य वक्त्ता हुन्।

यस्तै हल्ट प्राइजको सेमिफाइलमा जजको रुपमा आनी छोइङ ड्रोल्मा, राजनीतिक तथा इ। आदित्य राज, अल्फा सेनोन, बिजनेस कोच, बिजनेस स्ट्राटेजी क्रिएटर तथा अर्थविद् अहमद फरहाद सारवरी रहने छन्।

हल्ट प्राइज आइओई २०२१ मा सहभागी हुने प्रतिस्पर्धीहरुले विभिन्न किसिमका पुस्कार तथा गिभअवेहरु पाउन सक्ने छन्।

१) विजयी टिमले नौलो रेस्टुरेन्टको तर्फबाट चार हजार बराबरको फुड भौचर,

२) शीर्ष पाँच टिममा प्रत्येकलाई पाँच हजार बराबरको अनलिमिटेड होस्टिङ,

३) शीर्ष तीन टिमका प्रत्येक सदस्यलाई पाँचसय रुपैयाँ बराबरको एम सक्युरिटी एन्टीभाइरस एक वर्षलाई प्रदान गरिने कार्यक्रम आयोजकले बताएको छ।

४) यस्तै हल्ट प्राइज आइओईका सबै सहभागीहरुले प्रतिमहिना पाँच डलर पर्ने टास्केड कोवर्किङ सफ्टवेयरको अनलिमिटेड भर्सन एक वर्षका लागि प्रयोग गर्न सक्ने छन्।

सेमिफाइनलबाट चयन हुने केही टिम फिनाले राउण्ड प्रतिस्पर्धाका लागि अगाडि जाने छन्। साथै यस प्रत्योगितामा वाइल्ड कार्ड इन्ट्रीको समेत व्यवस्था छ।

कार्यक्रम भोलि शनिबार १२ देखि साँझ ६ बजेसम्म चल्ने छ। कार्यक्रममा सहभागी हुन यस लिङ्कमा गएर दर्ता हुनुपर्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .