समाज


जनगणना २०७८ : नेपालको अनुमानित जनसंख्या ३ करोड, ७० लाख घरपरिवार

जनगणना २०७८ : नेपालको अनुमानित जनसंख्या ३ करोड, ७० लाख घरपरिवार

नेपालखबर
कात्तिक २४ ,

एक दशकपछि आगामी वर्ष (वि.सं. २०७८) मा हुनलागेको राष्ट्रिय जनगणनामा नेपालको जनसंख्या ३ करोड र परिवारको संख्या ७० लाख हुने प्रारम्भिक अनुमान गरिएको छ।

जनगणना गर्ने प्रमुख निकाय तथ्यांक विभागले प्रारम्भिक अनुमानका आधारमा उक्त तथ्यांक निकालिएको हो।

सोमबार भएको एक कार्यक्रममा विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले आगामी जनगणनामा मुलुकको जनसंख्या ३ करोड र ७० लाख परिवार आउने अनुमान गरिएको बताए।

नेपालको १२औँ जनगणना २०७८ जेठ २५ देखि असार ८ गतेसम्म हुँदै छ। यस जनगणनामा ४३ हजार गणक र ९ हजार सुपरिवेक्षक कर्मचारीबाट तथ्यांक संकलन गरिँदै छ।

यस जनगणनामा पहिलोपटक घर स्वामित्वसम्बन्धी विस्तृत तथ्यांक संकलन गर्न लागिएको श्रेष्ठले बताए। जसअनुसार घरको स्वामित्व, प्रयोग, संचरनाबारे तथ्यांक संकलन गरिनेछ।

त्यस्तै, जनगणनामा परिवारले उपभोग गरेका सुविधाहरु खानेपानी, चर्पी, खाना पकाउने इन्धन, बत्ती, टेलिभिजन, फोन, सवारीसाधनको पनि लगत राखिनेछ। महिलाको नाममा भएका घर तथा जग्गाको पनि छुट्टै तथ्यांक राखिनेछ।

जनगणनाअन्तर्गत कृषिबाहेक तलबी कामदार नराखेका तथा सरकारी निकायमा दर्ता नभएका साना घरेलु व्यवसायहरुको पनि तथ्यांक संकलन गरिनेछ।

यस जनगणनाले विदेशमा रहेका परिवारमा अनुपस्थित व्यक्तिको विवरण, आर्थिक काम, पेशा र वस्तु वा सेवाको उत्पादनअनुसारको विवरण संकलन गरिनेछ।

त्यस्तै व्यक्तिको काम गर्दाको हैसियत, संस्थागत क्षेत्र, काम नगर्नुका कारण र कामको खोजी बारेमा पनि तथ्यांक संकलन गरिनेछ।

यस जनगणनाबाट सामुदायिक प्रश्नावलीका रुपमा वडास्तरको तथ्यांक संकलन पनि गरिँदै छ।

वडा राजस्व संकलनको स्रोत, कृषि उपज तथा गैरकृषिजन्य उत्पादन र निकासीको अवस्था, वडाहरुको आफ्नो आम्दानीको स्रोत, आर्थिक पूर्वाधारको अवस्था, सेवा सुविधामा पहुँच सम्बन्धी विवतरणहरु र विपद्सम्बन्धी विवरण पनि संकलन गरिँदै छ।

यसपटकको जनगणना राष्ट्रिय अभियानलाई ‘मेरो गणना, मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८’ भन्ने मूल नारा तय गरिएको छ।

कात्तिक २४, २०७७, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .
ad ad