ad ad

समाज


कोरोना संक्रमणबाट ९५ वर्षीय बृद्धको मृत्यु

कोरोना संक्रमणबाट ९५ वर्षीय बृद्धको मृत्यु

प्रकाश न्यौपाने
कात्तिक १६, २०७७ आइतबार ८:४८,

रुपन्देहीमा एक जना कोरोना भाइरस संक्रमित बृद्धको मृत्यु भएको छ।

तिलोत्तमा नगरपालिका–१ का ९५ वर्षीया बृद्ध पुरुषको आइतबार बिहान साढे १० बजे लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

उनमा हिजो शनिबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि अस्पतालको फिभर क्लिनिकको आइसोलेसनमा भर्ना गरेर उपचार जारी थियो। उपचारकै क्रममा आइतबार बिहान ती बृद्धको मृत्यु भएको प्रवदेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए।

जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ। रुपन्देहीमा हालसम्म ६ हजार १८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ४ हजार ६१६ जना निको भएर घर फर्किएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .