ad ad

समाज


आइतबार आर्मिनियाको एसयू–२५ युद्धक विमान खसाएको अजरबैजानको दाबी

आइतबार आर्मिनियाको एसयू–२५ युद्धक विमान खसाएको अजरबैजानको दाबी

नेपालखबर
कात्तिक २, २०७७ आइतबार १३:२०,

हिजो शनिबार मात्र आर्मिनियाबाट प्रहार भएको क्षेप्यास्त्रले अजरबैजानको २० वटा भवन भत्किएको थियो। सो क्रममा १२ जनाको मृत्यु भएको थियोभने ४० भन्दा बढी घाइते भएका थिए।

यसबीचमा आज आइतबार अजरबैजानले आर्मिनियाको एसयू–२५ युद्धक विमान आक्रमण गरी खसाएको दाबी गरेको छ।

यद्यपी अजरबैजानले विमान खसाएको प्रमाण दिएको छैन। आर्मिनियाले भने आफ्नो युद्धक विमान अजरबैजानले खसाएको विषय झुठो भएको बताएको छ।

आर्मिनियाका अनुसार हालै भएको युद्धविरामको सम्झौतालाई अजरबैजानले नमानेका कारण द्वन्द्व बढेको हो।

नागोर्नो–काराबाख क्षेत्रको स्वामित्वको विषयलाई लिएर यतिबेला दुई देशबीच युद्ध भड्किएको हो।

गत सेप्टेम्बर २७ यता जारी द्वन्द्वमा सेना र सर्वसाधारण गरी ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ।

आर्मिनियाले वर्षौयता जारी द्वन्द्वमा आफ्ना कुल ६३७ सेनाको ज्यान गएको बताएको छ। अजरबैजानले भने आफ्नो सेनामा भएको हताहतीको जानकारी दिएको छैन।

नागोर्नो–काराबाख विवाद के हो?

नागोर्नो–काराबाख ४४ सय बर्ग किलोमिटरमा फैलिएको इलाका हो। यहाँ आर्मिनियाका इसाई र मुस्लिम तुर्क बसोबास गर्दछन्।

सोभियत संघको अस्तित्वको दौरान यस क्षेत्र अजरबैजान भित्रको एक स्वायत्त क्षेत्र बनेको थियो। अन्तर्राष्ट्रियस्तरमै यसलाई अजरबैजानको हिस्साको रुपमा चिनिन्छ। तर यहाँ अधिकतम रुपमा आर्मिनियाका नागरिक बस्छन्।

दुई देशले यस भूमिलाई आफ्नो भएको दाबी गर्दछन्। सन् १९८० देखि सन् १९९० मा यस क्षेत्रका लागि दुई देशबीच युद्ध नै भएको थियो। सो क्रममा ३० हजार मानिस मारिनुका साथै १० लाखभन्दा बढी मानिस विस्थापित भएका थिए।

सन् १९९४ को युद्धविरामपछि पनि यहाँ गतिरोध जारी छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .