ad ad

समाज


नवलपरासीमा पहिरोसँगै बस भीरबाट खस्यो, एकको मृत्यु, ६ जना घाइते

नवलपरासीमा पहिरोसँगै बस भीरबाट खस्यो, एकको मृत्यु, ६ जना घाइते

नेपालखबर
असोज ९, २०७७ शुक्रबार ४:२५,

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा पहिरोका कारण बस भिरबाट खस्दा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिरनजिक सडकमा खसेको पहिरोका कारण बस भिरबाट खसेको हो।

दुर्घटनामा बसका यात्रु रुकुमपश्चिम आठबीसकोट गाउँपालिका–१० का २५ वर्षीय हरिषचन्द्र केसीको मृत्यु भएको प्रहरीले जनाएको छ।

बस भिरबाट खस्दा गम्भीर घाइते भएका केसीको उपचारका क्रममा गएराति पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

बिहीबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ना५ख ७९४० नंको बस पहिरोका कारण सडकबाट करिब ३० फिट तल खसेको थियो। पहिरोेका कारण बस खस्दा अन्य ६ जना घाइते भएका छन्। घाइते सबैको अहिले पुरानो मेडिकल कलेज भरपुरमा उपचार भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .