समाज


काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानै वर्षा, दिउँसो र राति यस्तो छ सम्भावना

काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानै वर्षा, दिउँसो र राति यस्तो छ सम्भावना

नेपालखबर
भदौ २६, २०७७ शुक्रबार १:४७,

काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसमविद्का अनुसार प्रदेश १ देखि ५ सम्म विभिन्न स्थानमा हल्कादेखि मध्यसम्म वर्षा भइरहेको हो।

‘तर यो प्रणाली बिस्तारै कमजोर हुँदै गएको छ,’ मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले नेपालखबरसँग भनिन्, ‘एक दुई घण्टापछि रोकिएला।’

उनका अनुसार राति गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षासमेत भएको थियो।

यस्तै दिउँसो देशभर सामान्यतया देखि पूर्णसम्म मौसम बदली भई केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षासमेत हुने सम्भावना छ।

यसैगरी आज राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

शुक्रबार बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ–

‘प्रदेश १ , प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad