पोखरामा कोरोना संक्रमणका कारण अर्का एक व्यक्तिको ज्यान गएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) ले जनाए अनुसार मृतक पोखरा–१४, काजीपोखरीका हुन्।
भदौ ७ गते पेट फुलेर आन्द्रा बटारिएपछि अस्पतालको इमरेजेन्सीमा भर्ना भएका ५८ वर्षीय पुरुषलाई अपरेसनपछि त्यहाँको आईसीयूमा भर्ना गरिएको थियो। आईसीयूमै रहँदा उनको शनिबार बिहान ११ बजे निधन भएको हो।
ती पुरुषको अस्पतालको कोभिड उपचार केन्द्रको आईसीयूमा रहेकै बेला भदौ ८ गते स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए।
पोखरा महानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीका अनुसार संक्रमित व्यक्ति मुटुका रोगी थिए। उनी कहाँबाट संक्रमित भए भन्नेबारे बुझ्दै गरेको उनले जानकारी दिए।
यी पुरुषको निधनसँगै पोखरामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ र गण्डकीमा १२ पुगेको छ। शुक्रबार चितवन र पोखरामा गण्डकीका २ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

प्रतिक्रिया