ad ad

समाज


धरानमा बिहानै थप दुई संक्रमितको मृत्यु

धरानमा बिहानै थप दुई संक्रमितको मृत्यु

नेपालखबर
भदौ १२, २०७७ शुक्रबार २:४१,

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार बिहानै दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार झापाका ८३ वर्षीय पुरुष र मोरङकी ५६ वर्षीया महिलाको मृत्यु भएको हो। बिहान सवा ३ बजेतिर महिलाको तथा पौने ४ बजेतिर पुरुषको मृत्यु भएको उनले नेपालखबरलाई जानकारी दिए। 

उनका अनुसार दुवै संक्रमितमा खोकी, ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी निकै समस्या थियो।

योसँगै प्रदेश १ मा कोभिडका कारण मृत्यु भएकाको संख्या २७ पुगेको छ। तीमध्ये प्रदेश १ का २० जना र प्रदेश २ बाट उपचारका लागि आएका ७ जना छन्।

याे पनि भक्तपुरमा गम्भीर बिरामीलाई पाँच दिनपछि मात्र अस्पताल लगियो, मृत्युपछि कोरोना पुष्टि

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .