ad ad

समाज


नभाल्नीलाई विष खुवाइएको जर्मन डाक्टरको भनाइ, रुसी डाक्टरले विष थिएन भनेका थिए

नभाल्नीलाई विष खुवाइएको जर्मन डाक्टरको भनाइ, रुसी डाक्टरले विष थिएन भनेका थिए

नेपालखबर
भदौ ९, २०७७ मंगलबार ७:७,

यसअघि रुसका चिकित्सकले उनको शरीरमा विष नदेखिएको बताएका थिए। कोमामा रहेका नभाल्नीलाई रुसबाट गतहप्ता उपचारको लागि जर्मनी लगिएको थियो।

यस क्रममा जर्मनीका डाक्टरहरुले नभाल्नीलाई विष खुवाइएको बताएका हुन्। चाराइट अस्पतालले नभाल्नीको शरीरमा विष देखिएको बताएको बीबीसीले जनाएको छ।

रुसका चिकित्सकहरूले उनको शरीरमा विष नपाइएको बताउँदै उनको त्यो अवस्था रगतमा चिनीको मात्रामा कमीका कारण भएको ‘मेटाबोलिक डिसअर्डरले’ निम्ताएको हुन सक्ने सङ्केत गरेका थिए।

तर जर्मन चिकित्सकले नभाल्नीलाई विष खुवाइएको बताएपछि यस विषय थप जटिल बन्दै गएको छ।

गतहप्ताको बिहीबार उडिरहेको विमानमा बिरामी परेपछि नभाल्नी कोमामा गएका थिए। उनका समर्थकहरुले विष हालिएको चिया सेवन गर्दा नभाल्नी अचेत बनेको बताएका थिए।

लगत्तै उनी सवार विमान आपत्‌कालीन अवतरण गर्दै उनलाई अस्पताल भर्ना गरिएको थियो।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका खरो आलोचक नभाल्नीले सरकारी भ्रष्टाचारको भण्डाफोर गर्दै आएका थिए।

४४ वर्षीय नभाल्नी कैयौँ पटक जेल परिसकेका छन्। सरकारको विरोधगर्दा उनीमाथि धेरैपटक आक्रमणको पनि प्रयास भएको थियो। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .