ad ad

समाज


कोरोना प्रभावः भारतमा बेरोजगार बनेका इन्जिनियर लुटपाट र अपहरणमा संलग्न

कोरोना प्रभावः भारतमा बेरोजगार बनेका इन्जिनियर लुटपाट र अपहरणमा संलग्न

नेपालखबर
भदौ ६, २०७७ शनिबार ११:५८,

विश्वभर लाखौं मानिसले कोरोना महामारीकै कारण रोजगारी गुमाएका छन्। भारतमा पनि यस्तै समस्याको सामना नागरिकहरुले गरिरहेका छन्।

लकडाउनका कारण धेरैले जागिर गुमाएपछि भारतमा आपराधिक क्रियाकलाप बढ्दै गएको भारतीय संचार माध्यमले जनाएका छन्।

हालै दिल्लीमा जागिर गुमाएर बेरोजगार बनेका ३ साथी मिलेर लुटपाट मच्चाए। उनीहरुले प्रहरीको भेषमा लुटपाट गर्नुका साथै केहीलाई अपहरणको प्रयास पनि गरेको जनाइएको छ।

तर उनीहरुको आपराधिक गतिविधि धेरै समय चल्न सकेन। प्रहरीले स्वप्निल, रवि र केसब नाम गरेका तीन व्यक्तिलाई हाल पक्राउ गरेको छ जसले गत अगष्ट १८ मा मन्दिप र जगदिप नाम गरेका दुई युवालाई अपहरण गरेर उनीहरुको फोन लगायतका सामग्री लुटेका थिए।

प्रहरीकै भेषमा आपराधिक क्रियाकलाप हुन थालेपछि सयौं सीसीटीभी फुटेजको आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको बाताइएको छ।

प्रहरीका अनुसार उनीहरुले अन्य धेरै स्थानमा प्रहरीको भेषमा लुटपाट मच्चाका छन्।

पक्राउ परेका तीनै व्यक्तिहरु राम्रो रोजगारीमा संलग्न भएका व्यक्ति हुन्। उनीहरु इन्जिनियर, व्यावसायीहरु भएको बताइएको छ। इन्डिया टुडे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .