ad ad

समाज


अमेरिकामा आपराधिक समूहले गोली चलाउँदा चार जनाको मृत्यु

अमेरिकामा आपराधिक समूहले गोली चलाउँदा चार जनाको मृत्यु

नेपालखबर
भदौ १, २०७७ सोमबार ७:५८,

अधिकारीहरुका अनुसार गोली लागेर कम्तीमा १८ जना घाइते भएका छन्।

स्थानीय समयअनुसार आइतबार राति १२ः३० बजे शहरको अभोन्डेलमा गोली लागेर २१ वर्षीय एन्टोनियो ब्लेयरको ज्यान गएको थियो।

शहरका अन्य भागमा गोली लागेका अरु तीन जनाको पनि युनिभर्सिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको थियो।

स्थानीय संचारमाध्यहरुले आपराधिक गिरोहबाट भएका यी घटनाहरु शहरका अलग अलग ठाउँमा भए पनि निकै डरलाग्दो देखिएको बताएका छन्।

सहायक प्रहरी प्रमुख पल नुडिगेटले उक्त घटनाहरुका बारेमा अनुसन्धान भइरहेको बताएका छन्। सिन्सिनाटीका प्रहरी प्रमुखले हिंसा नियन्त्रणका लागि पर्याप्त सहयोग गर्न स्थानीयवासीसँग आग्रह गरे।

हिंसा नियन्त्रणमा हामी केही गर्न सक्दैनौं भनेर आमनागरिक चुप लागेर बस्न नहुने उनको भनाइ छ।

प्रहरीले प्रभावित इलाकाहरुमा जनधनको सुरक्षाका लागि थप प्रहरी परिचालन गर्ने जनाएको छ। गैरकानुनी हातहतियार र शंकास्पद व्यक्तिका बारेमा निगरानी बढाउन प्रहरीले संघीय निकायहरुसँग आग्रह गरेको छ। रासस/एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .