ad ad

समाज


लेबननको बेरुतमा बिस्फोट भएको अमोनियम नाइट्रेट के हो, कति खतरनाक?

लेबननको बेरुतमा बिस्फोट भएको अमोनियम नाइट्रेट के हो, कति खतरनाक?

नेपालखबर
साउन २४, २०७७ शनिबार ९:५,

सोही समयदेखि उक्त अमोनियम नाइट्रेट बेरुतको एक बन्दरगाह नजिककैको वेयरहाउसमा राखिएको थियो।

गत मंगलबार सोही स्थानमा राखिएको अमोनियम नाइट्रेट बिस्फोट हुँदा एक सयभन्दा बढीको ज्यान गयो, ४ हजारभन्दा बढी घाइते भए।

त्यसबेला राष्ट्रपति माइकल इयोनले ट्वीट गर्दै भनेका थिए,‘२७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रुपमा राखिनु बिल्कुल स्वीकार्य छैन।’

उनले यस घटनामा दोषी देखिने सबैलाई कडा कारवाही गरिने बताएका छन्।

अमोनियम नाइट्रेट के हो?

अमोनियम नाइट्रेट औद्योगिक स्तरमा अत्यधिक रुपमा उत्पादन हुने क्रिस्टलजस्तै सेतो ठोस पदार्थ हो। नाइट्रोजनको स्रोत रहेको यसलाई मलको रुपमा प्रयोग गरिन्छ।

यसका साथै अमोनियम नाइट्रेट खानी उत्खनन् गर्नका लागि बिस्फोटकको रुपमा पनि प्रयोग गरिन्छ।

युनिभर्सिटी कलेज अफ लन्डनका प्राध्यापक आंद्रे सेला भन्छन्,‘यो जमिनमा भेटिँदैन किनभने यो कृत्रिम चिज हो जुन अमोनिया र नाइट्रिक एसिडको प्रतिक्रियाबाट तयार हुन्छ।’

अमोनियम नाइट्रेटको उत्पादन विश्वभर हुन्छ र यसलाई खरिद गर्न सस्तो पनि हुन्छ। तर यसलाई भण्डारण गर्न भने गाह्रो कार्य हो। अमोनियम नाइट्रेटका कारण पहिले कयौं गम्भीर दुर्घटनाहरु भइरहेका छन्।

No ammonium nitrate stored in capital, BMA confirms

कति खतरनाक?

प्राध्यापक सेलाका अनुसार अमोनियम नाइट्रेट आफैं कुनै खतरा होइन। यसलाई प्रयोग गर्नु तुलनात्मक रुपमा सुरक्षित मानिन्छ।

तर यदी कसैले अमोनियम नाइट्रेड ठूलो मात्रामा लामो समयसम्म राखेभने यो खराब अवस्थामा पुग्छ। सेला भन्छन्,‘वास्तविक समस्या त्यतिबेला सुरुहुन्छ जब यो ओसिलोपनलाई सोचेर चट्टानजस्तो बन्छ।’

यस्तो अवस्थामा आगोको सम्पर्कमा आए रासायनिक प्रतिक्रिया हुँदै बिस्फोट भएर यसले ठूलो दुर्घटना निम्त्याउन सक्छ।

बिस्फोटपछि निस्किएको ग्याँस कति खतरनाक?

जब अमोनियम नाइट्रेट बिस्फोट हुन्छ तब यसबाट नाइट्रोजन अक्साइड र अमोनियाजस्ता विषालु ग्याँस निस्कन्छन्।

नाइट्रोजन अक्साइडका कारण निस्कने सुन्तला रंगको धुवाँले हावा प्रदूषित बनाउँछ। प्राध्यापक सेलाका अनुसार यदी बिस्फोटपछि ठूलो हावा चले यसले नजिकका मानिसको स्वास्थ्यमा गम्भीर असर गर्नसक्छ।

बेइरुतकै जस्ता अन्य घटनाहरु

सन् १९२१ मा जर्मनीको ओप्पाउ शहरमा अमोनियम नाइट्रेट विस्फोटका कारण एउटा काराखानामा ठूलो विस्फोटन भएको थियो।

त्यसबेला ४५ सय टन अमोनियम नाइट्रेट विस्फोटन भएको थियो जहाँ ५ सय व्यक्तिको ज्यान गएको थियो।

सन् १९४७ मा अमेरिकामा पनि अमोनियम नाइट्रेट विस्फोटन भएको थियो। टेक्सासको गालवेस्टनमा भएको विस्फोटनमा ५८१ जनाको मृत्यु भएको थियो।

यस्तै सन् २०१५ मा चीनको तियानजिन बन्दरगाहमा अमोनियम नाइट्रेटसँगै सम्बन्धित दुर्घटनामा १७३ व्यक्तिको मृत्यु भएको थियो। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .