ad ad

समाज


भारतीय विमान दुर्घटनामा मृत्यु भएका १८ मध्ये एकमा कोरोना संक्रमण

भारतीय विमान दुर्घटनामा मृत्यु भएका १८ मध्ये एकमा कोरोना संक्रमण

नेपालखबर
साउन २४, २०७७ शनिबार ७:३५,

मृतकमध्ये एकमा कोरोना पुष्टि भएको छ भने उक्त विमानमा सवार रहेका एकमा कोरोना संक्रमणको आशंका गरिएको बीबीसीहिन्दीले जनाएको छ।

मृतक एकमा कोरोना देखिएपछि केरलाका स्वास्थ्यमन्त्री केके शैलजाले उद्धारमा खटेका सबैलाई क्वारेन्टिनमा बस्न निर्देशन दिएकी छिन्।

विमान दुर्घटनमा परेसँगै दुर्घटनास्थलमा भिड लागेको थियो। केरला राज्यमा शुक्रबार राति ७ बजेर ४० मिनेटमा एयर इन्डिया एक्सप्रेसको यात्रुवाहक विमान दुर्घटनामा परेको थियो।

संयुक्त अरब इमिरेट्सको दुबईबाट भारतीय नागरिकहरूलाई लिएर आएको उक्त विमान क्यालिटकमा शुक्रवार साँझ अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको थियो।

विमानमा चालक दलका छ सदस्य र १८४ यात्रुहरू थिए। उक्त बोइङ ७३७ विमान धावनमार्गमा चिप्लिएपछि दुर्घटनामा परेको उड्डयन अधिकारीहरूले बताएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .