ad ad

समाज


अपडेट : रूपन्देहीमा आफ्नो जीउमा मट्टितेल खन्याउँदै आगो लगाउने युवकको मृत्यु

अपडेट : रूपन्देहीमा आफ्नो जीउमा मट्टितेल खन्याउँदै आगो लगाउने युवकको मृत्यु

नेपालखबर
साउन २०, २०७७ मंगलबार ४:३४,

रूपन्देहीमा मंगलबार बिहान आफ्नो जीउमा आगो लगाउने युवकको मृत्यु भएको छ।

देवदह नगरपालिका वडा नम्बर ७, शीतलनगरस्थित क्वारेन्टिनमा गार्ड रहेका २४ वर्षीय विपिन बस्यालको मृत्यु भएको हो।

रूपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खड्कबहादुर खत्रीले नेपालखबरलाई दिएको जानकारीअनुसार स्थानीय देवदह मेडिकल कलेजमा उपचार हुन नसकेपछि गम्भीर अवस्थाका बस्याललाई पाल्पाको मिसन अस्पतालतर्फ लगिँदै थियो। ‘त्यही क्रममा बाटैमा बिहान ९ बजेर १० मिनेट जाँदा उनको मृत्यु भएको हो,’ उनले भने।

ती युवक देवदह नगरपालिका वडा न म्बर ५, मितेरी टोलका हुन्। उनी मानसिक रोगी तथा लागुऔषधका दुर्व्यसनी पनि थिए।

तर आगो लगाउनुको कारण खुल्न सकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको डीएसपी खत्रीले जानकारी दिए।

यसअघिकाे खबररूपन्देहीमा क्वारेन्टिनमा गार्ड बसेका युवकले आफ्नो जीउमा आफैंले लगाए आगो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .