ad ad

समाज


यसरी १४ वर्षपछि पक्राउ गरियो दम्पती हत्याका फरार मुख्य अभियुक्त

यसरी १४ वर्षपछि पक्राउ गरियो दम्पती हत्याका फरार मुख्य अभियुक्त

नेपालखबर
असार २९, २०७७ सोमबार ७:१८,

काठमाडौंको सीतापाइलामा एक दम्पतीकाे हत्या गरी फरार रहेका मुख्य अभियुक्तलाई सो हत्याकाण्ड भएको १४ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं सीतापाइलास्थित कान्तिपुर मिलका सञ्चालक मोरङ डाँगीहाट गाविस–८ का ४५ वर्षीय नातीकाजी सुवेदी र उनकी श्रीमती ४४ वर्षीय सानु सुवेदीको २०६३ पौष २० गते हत्या भएको थियो।

सोही मिलमा काम गर्ने सर्लाहीका जय किशोर साह र बाँकेका प्रताप रानाले धारिलो हतियार प्रहार गरी ती दम्पतीको हत्या गरेर फरार रहेको प्रहरीले बताएको छ।

तीमध्ये साहलाई आइतबार बाँके जिल्लाको भारतसँगको सीमा क्षेत्रबाट पक्राउ गरी आवश्यक प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अन्तर्राष्ट्रिय स्तरमा समेत समन्वय गरी सुराकी परिचालन, प्राविधिक विश्लेषण, हुलिया सनाखत आदि बिधि अपनाएर ती मुख्य अभियुक्तलाई पक्राउ गर्न सफल भएको ब्युरोले जनाएकाे छ।

‘उनीहरुले आफैले काम गरिरहेको सः मिलका मालिकले काम बिगारेको भनी गाली गरेको विषयलाई लिएर सोको बदला लिन सुवेदी, उनकी श्रीमती र छोरालाई धारिलो हतियारले आक्रमण गरेका थिए,’ सीआईबी काठमाडौंका प्रवक्ता बेलबहादुर पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आक्रमण गर्ने दुवै अभियुक्त नेपालबाट भागी भारतको लखनऊ गई दुई वर्षसम्म सँगै बसेको र प्रताप राना अन्यत्रै लागेपछि साहले जय शर्माको नामबाट भारतीय आधारकार्ड लगायतका कागजात बनाई पहिचान समेत बदली बसीआएका थिए।’ 

ब्युरोले यो हत्याकाण्डलाई प्राथमिकतामा राखी निरन्तर छानविन गरेको बताएको छ।

‘उक्त घट्नामा गम्भीर घाइते भइ बाँच्न सफल (तत्कालको समयमा १५ वर्षका) विलभ सुवेदीसँग निरन्तर सम्पर्क र सूचनाका आधारमा अन्तर्राष्ट्रिय स्तरमा समेत समन्वय गरी सुराकी परिचालन, प्राविधिक विश्लेषण, हुलिया सनाखत आदि भई अन्ततः सुवेदी दम्पती हत्याका मख्य अभियुक्तसम्म पुग्न र निजलाई पक्राउ गर्न सीआईबी सफल भएको र फरार रहेका अर्का अभियुक्तलाई पनि चाँडै नै पक्राउ गरी कारवाहीको दायरामा ल्याई पीडित परिवारलाई न्यायको प्रत्याभूती दिलाउने कार्यमा कुनै कसर बाँकी नराखिने व्यहोरो सुचित गरिन्छ,’ ब्युरोले भनेको छ।

याे पनि: यसरी १४ वर्षपछि पक्राउ गरियो दम्पती हत्याका फरार मुख्य अभियुक्त

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .