ad ad

समाज


यी बहादुर र चलाख डीएसपी जसले धेरै अपराधी तह लगाए, तर कानपुरका गुन्डा दुबेबाट मारिए

यी बहादुर र चलाख डीएसपी जसले धेरै अपराधी तह लगाए, तर कानपुरका गुन्डा दुबेबाट मारिए

नेपालखबर
असार २२, २०७७ सोमबार १:४,

भारतका कुख्यात अपराधी विकास दुबेलाई पक्राउ गर्न बिहीबार राति उनकै घर पुगेको प्रहरी टोलीको नेतृत्व कानपुरका डिएसपी देवेन्द्र मिश्रले गरेका थिए। तर आपराधिक समूहको आक्रमणबाट उनीसहित ८ प्रहरी मारिए।

याे पनि: स्थानीय पत्रकारको बयानः भारत कानपुरका गुन्डा विकास दुबेले यसरी मारे ८ प्रहरी

भारतीय सञ्चारमाध्यमका अनुसार देवेन्द्र मिश्र प्रहरी जवानबाट निकै संघर्षपश्चात् त्यो पद (डीएसपी) सम्म पुग्न सफल भएका थिए।

उत्तर प्रदेशस्थित बान्दा जिल्लाका बासिन्दा मिश्र सन् १९८१ मा प्रहरी जवानमा भर्ना भएका थिए। पछि विभागीय परीक्षा उत्तीर्ण गरी उनी सब-इन्सपेक्टर बनेका थिए।

सन् २००५ मा उनले उन्नाव जिल्लाको आसिवन प्रहरी चौकीको इन्चार्ज (प्रमुख) बनेका उनले एक अपराधीको ‘इन्काउन्टर’ गरे। जसबापत उनको बढुवा भयो र सब-इन्स्पेक्टरबाट इन्स्पेक्टर बने।

सन् २०१३ मा वाराणसीमा क्यान्ट जिआरपी निरीक्षक बनेपछि देवेन्द्र मिश्र एक जहरखुरानी गिरोह पक्राउ गर्न सफल भए। मिश्रसँगै काम गरेका एक प्रहरी अधिकारी नाम नछाप्ने सर्तमा भन्छन्, ‘उनी यसअघि पनि कैयौंपटक अपराधीसँग मुठभेडमा परेका छन् र उनी प्रहरी संगठनमा एउटा बहादुर चलाख अधिकृतका रूपमा चिनिएका थिए।’

दुबेलाई पक्राउ गर्न गएको विषयमा प्रहरी अधिकारीले अहिलेसम्म आधिकारिक जानकारी त दिएको छैन, तर त्यो टोलीमा अवश्य पनि अनुभवी, विशेषज्ञ र युवा प्रहरी अधिकारी सहभागी थिए। यसैकारण त्यसको नेतृत्व देवेन्द्र मिश्रलाई दिइएको थियो। तर पनि दुबे पक्राउ गर्न प्रहरी किन असफल भयो भन्ने विषयमा प्रहरी अधिकारीले अहिलेसम्म केही बताइरहेका छैनन्।

डीएसपी मिश्रले कानपुरमा निकै लामो समय बिताएका थिए।

उनका छिमेकी गाउँ जाकिनिका उमाशंकर पाण्डेका अनुसार देवेन्द्र मिश्र सिपाहीका रूपमा भर्ना भए पनि अध्ययनमा तेज उनी त्यतिखेरै स्नातक उत्तीर्ण थिए। उनका शिक्षक पिता अवश्य गरिब थिए तर उनले आफ्ना सन्तानलाई शिक्षा दिन कुनै कसर बाँकी राखेनन्। यसैकारण उनका सबै छोरा राम्रो ठाउँमा जागिरे भएका छन्। सन् २०१६ मा मिश्र गाजियावादमा उपाधिक्षक पदमा बढुवा हुँदा गाउँका मानिससमते खुसी भएको पाण्डे सुनाउँछन्।

पदोन्नतिपछि देवेन्द्र मिश्र नगर सीओ बनेर कानपुर गए। उत्तर प्रदेशका डीजीपी रहेका पूर्वआईपीएस अधिकारी बिएन रायका अनुसार प्रहरी जवानमा भर्ना भएकाहरू बढुवा भएर बढीमा इन्स्पेक्टरसम्म हुन्छन्, डीएसपीसम्म हुनु निकै ठूलो उपलब्धि हो। यसबाटै थाहा हुन्छ कि उसले कति ठूलो संघर्ष गरेको छ, प्रहरी संगठनलाई राम्रो सेवा दिएको छ।

उसो त उत्तर प्रदेशमा प्रहरीले गरेका ‘इन्काउन्ट’प्रति जहिले प्रश्न उठिरहन्छ र कैयौं कारबाहीमा प्रहरी पनि ठहरिएका छन्। तर पनि प्रहरीको मूल्यांकन गर्ने प्रमुख आधार भने यही हो।

डाक्टर बीएन राय भन्छन्, ‘प्रहरीले आधिकारिक रूपमा कहिले इन्काउटर गर्न चाहँदैन। कानुनसम्मत ढंगले अपराधी पक्राउ गर्नु प्रहरीको जिम्मेवारी हो। तर पनि त्यस क्रममा प्रायः मुठभेड भइहाल्छ र आत्मरक्षाका लागि भए पनि प्रहरीले जवाफी कारबाही गर्नुपर्ने हुन्छ। त्यसबेला अपराधी मारिए पनि वा पक्राउ परे पनि प्रहरीको बहादुरिता नै मानिन्छ। तर पनि इन्काउटरप्रति प्रश्न उठ्छ, आगामी दिनमा पनि उठिरहनेछ।’ बीबीसी हिन्दी

याे पनि:  डीएसपीसहित ८ प्रहरी हत्या गर्ने गुन्डा दुबेको घर यसरी पारियाे ध्वस्त (भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .