डीएसपी कुमुद ढुंगेललाई साधारण तारेखमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।
लुटपाट गरेको अभियोगमा पक्राउ परेका व्यक्तिसँग टेलिफोन सम्पर्क देखिएपछि उनी निलम्बनमा परेका थिए।
अदालतको आदेशसँगै उनी नियमित काममा फर्किन पाउने भएका छन्।
२०७५ चैत २६ गते लालेन्द्र शेरचनको काठमाडौंस्थित घरमा लुटपाट भएको थियो। मंगलबार अदालतमा डीएसपी ढुंगेल उपस्थित भएपछि जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।
चोरीको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेका विकास श्रेष्ठसँग फोन सम्पर्क भएको देखिएपछि ढुंगेललाई निलम्बन गरिएको थियो।
प्रतिक्रिया