गण्डकी प्रदेशको पर्वत जिल्लामा पहिलोपटक एकैसाथ ५ जनामा कोरोना संक्रमण देखिएको छ भने स्याङ्जामा संक्रमित थपिने क्रम बढेको छ।
गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देश्क विनोदविन्दु शर्माका अनुसार पर्वतको फलेवासस नगरपालिका घर भएका २० र ४० वर्षीय २ पुरुष र महाशिला गाउँपालिका ठेगाना भएका १९, २० र २१ का ३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
सदरमुकाम कुस्माको क्वारेन्टिनमा रहेका उनीहरूलाई जिल्ला अस्पतालको आइसोलेसनमा लाने तयारी भइरहेको छ।
यता स्याङ्जा जिल्ला, चापाकोट नगरपालिका ठेगाना भई सोही नगरपालिकास्थित क्वारेन्टिनमा रहेका २२, २६, ३२ र ४० का ४ पुरुष र बिरुवा गाउँपालिका ठेगाना भई सोही पालिकास्थित क्वारेन्टिनमा रहेका २० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। स्याङ्जामा थप ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।
यीसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ।


प्रतिक्रिया