ad ad

समाज


सुदूरपश्चिमका ५ सहित थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

सुदूरपश्चिमका ५ सहित थप २० जनामा कोरोना पुष्टि,  संक्रमितको संख्या ५०७ पुग्यो

नेपालखबर
जेठ ९, २०७७ शुक्रबार १०:४०,

सुदूरपश्चिमका ५ जनासहित शुक्रबार दिउँसो थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनासंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप २० जनामा संक्रमण पुष्टि भएको बताए।

कैलालीका १९, २३, र २९ वर्षीय पुरुष, डडेलधुराको पराशुराम-१० का २८ वर्षीय पुरुष, बैतडीका २२ वर्षीया पुरुष गरी सुदूरपश्चिम प्रदेशका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यसैगरी बाँकेका १४ जनामा १८ देखि ६१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए। एक जना राप्तीसोनारी गाउँपालिकाका र १३ जना नरैनापुरका भएको उनले बताए। त्यस्तै मोरङको रतुवामाई २ का ४१ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको उनले बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ।

याे पनि: 
थप ३० जनामा संक्रमण पुष्टि

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .