समाज


वरिष्ठ चिकित्सक दिनेशनाथ गोंगलको निधन

वरिष्ठ चिकित्सक दिनेशनाथ गोंगलको निधन

नेपालखबर
बैशाख ८, २०८३ मंगलबार १४:४२, काठमाडौँ

नेपालमा स्नायु शल्य-चिकित्सा सेवाको सुरुवात गरेका वरिष्ठ चिकित्सक न्यूरो सर्जन डा. दिनेशनाथ गोंगलको  निधन भएको छ। डा. गोंगलको मंगलबार मंगलबार ९४ वर्षको उमेरका आफनै निवासमा निधन भएको हो। 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) का संस्थापक निर्देशक समेत उनले सन् १९६१ मा नेपालमा पहिलो पटक सवारी दुर्घटनामा हेड इन्जुरी भएकी महिलाको टाउको खोलेर शल्यक्रिया गरेका थिए।

डा. गोंगलले नेपालमा पहिलो पटक पिट्युरी ट्युमर, स्पाइनल इन्जुरीका लागि ल्यामिनेक्टोमी, फोक्सोको न्युमोनेक्टोमी, मुटुको माइट्रल भाल्भोटोमी, पेटको लेनो रेनल सन्टलगायत सफल शल्यक्रिया गरेका छन्। 

१९८९ सालमा पाल्पामा तानसेनमा जन्मिएका उनले भारतको दरभंगा मेडिकल कलेजबाट एमबीबीएस अध्ययन गरेका थिए। त्यसपछि मुम्बईको ग्रान्ट मेडिकल कलेजबाट एमएस गरेका थिए। छन्।

सन् १९६१ मा नेपाल फर्किएर वीर अस्पतालमा काम सुरु गरेका थिए। उनले वीर अस्पतालमा चार दशक काम गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad