समाज


राशिफल ७ वैशाख : मीनले नयाँ जागिर पाउने, धनुको प्रेममा आत्मीयता बढ्ने, तपाईँको दिन कस्तो?

राशिफल ७ वैशाख : मीनले नयाँ जागिर पाउने, धनुको प्रेममा आत्मीयता बढ्ने, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
बैशाख ७, २०८३ सोमबार ४:३८, काठमाडौँ

आज सोमबार, ७ वैशाख २०८३ (२० अप्रिल २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ। रमणीय र सुखद यात्राको योग छ। प्रणय प्रसङ्गका लागि समय उत्तम छ। टाढिएका मित्रसँग नजिकिने समय छ। रोकिएका काम दोहोर्‍याएर गर्दा सम्पादन हुनेछन्।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयबजारमा ५०, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

वृष: अविश्वासको वातावरण सिर्जना हुन सक्छ। स्वास्थ्य प्रति सजगता अपनाउन जरूरी देखिन्छ। यात्रामा मालसामान हराउन सक्छ। कार्य सम्पादनमा समस्या आउला। साँझमा पैसा खर्च हुने योग छ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४०, सेयबजारमा ४०, वैदेशिक कार्यमा ६५ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।

मिथुन: परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, सेयबजारमा ५९, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। खैरो रङको प्रयोग नगर्ने।

कर्कट: मनमा हर्ष, उमङ्ग र उत्साह रहला। बोली बिक्ने समय छ। रमाइलो यात्राको योग रहेको छ। धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ। प्रेमीसँग मधुर मिलन हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५५, सेयबजारमा ५५, वैदेशिक कार्यमा ७० र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह: मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। घरपरिवारका सदस्यबाट सहयोग पाइनेछ। नसोचेको ठाउँबाट धन हात पर्नेछ। रमणीय र सुखद यात्राको योग छ। सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयबजारमा ४५, वैदेशिक कार्यमा ७८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

कन्या: महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। नजिकका व्यक्तिसँग वादविवाद र झमेलामा परिनेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। आर्थिक कारोबारमा विवाद आउला। कतै जाने योजना बन्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयरबजारमा ५१% वैदेशिक कार्यमा ६७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। तामसिक भोजन नगर्ने।

तुला: लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा र पारिवारिक भेटघाटमा रमाइनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। आहार विहारको ख्याल गर्नुहोला।

भाग्यशाली रङ पर्पल र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६९, सेयरबजारमा ५८% वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

वृश्चिक: मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। शुभकार्यको चर्चा चल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन्। रमणीय, सुखद र धार्मिक यात्राको योग छ।

भाग्यशाली रङ रातो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयरबजारमा ६०% वैदेशिक कार्यमा ५५ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

धनु: ठिक समयमा सही निर्णय लिन सकिनेछ। घरमा अतिथिको आगमन हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। व्यापार व्यवसायबाट आम्दानी हुनेछ। विद्या र बुद्धिको विकास हुनेछ। माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयरबजारमा ५५% वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। कालो रङको प्रयोग नगर्ने।

मकर: मनमा दुबिधा उत्पन्न हुनेछ। आफ्नो हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। प्रतिस्पर्धीले खुट्टा तान्ने प्रयास गर्न सक्छन्।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ४०, सेयरबजारमा ४५% वैदेशिक कार्यमा ४२ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

कुम्भ: जोस, जाँगर बढ्नुका साथै समयले राम्रो साथ दिनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्ला। आफन्तको सहयोगले कामहरू अगाडि बढ्नेछन्। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६१, सेयरबजारमा ६१% वैदेशिक कार्यमा ६९ र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मीन: अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। नयाँ रोजगारीको अवसर प्राप्त हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६८, सेयरबजारमा ५७% वैदेशिक कार्यमा ६४ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। उत्तर दिशा नजाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad