समाज


औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकमा शिवानी खड्गी

औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकमा शिवानी खड्गी

नेपालखबर
बैशाख २, २०८३ बुधबार १४:२१, काठमाडौँ

औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकमा शिवानी खड्गी नियुक्त भएकी छन्। 

स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै खड्कीलाई निमित्त महानिर्देशक तोकेकी हुन्। यसअघि विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई मन्त्रालय तानिएको थियो। 

गत चैत २६ गते मन्त्री मेहताले महानिर्देशक ढकाललाई मन्त्रालय तानेकी थिइन्। औषधिको मूल्य निर्धारण प्रक्रियामा कानुनविपरीत काम गरेको आरोप लागेपछि ढकाललाई फिर्ता बोलाइएको हो। 

स्वास्थ्यमन्त्री मेहताले अर्को व्यवस्था नभएसम्म खड्गीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएकी हुन्। 

उनी औषधि व्यवस्था विभागमा दशौँ तहकी वरिष्ठ औषधि व्यवस्थापकका रूपमा कार्यरत छिन्। खड्गी हाल कार्यरत कर्मचारीमध्ये सबैभन्दा वरिष्ठ मानिन्छिन्। 

औषधिको मुल्य बढाएको विषयमा छानबिन गर्न मन्त्रालयले चैत २७ गते डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad