सुनसरीको प्रसिद्ध धार्मिक स्थल वराहक्षेत्र–१ मा वटुकहरूको मङ्गलमय स्वस्तीवाचनका बीच ‘गुप्त वराह मन्दिर’ को शिलान्यास गरिएको छ।
शुक्रबार आयोजित विशेष समारोहमा कोसी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले मन्दिरको जग राखेका हुन्।
सो अवसरमा वटुकहरूले धार्मिक विधिअनुसार स्वस्तीवाचन र मन्त्रोच्चारण गरी शिलान्यास स्थलको वातावरणलाई आध्यात्मिक बनाएका थिए।
मन्त्री पराजुलीले वटुकहरूको उपस्थिति र मन्त्रोच्चारणले नयाँ कार्यको थालनी शुभ भएको बताए।
48
Shares

प्रतिक्रिया