गुण्डागर्दी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट रेम्बो भनिने कोर्तु गुरुङलाई पक्राउ गरेको छ।
काठमाडौँ महानगरपालिका–१७ पकनाजोल घर भएका ४० वर्षीय गुरुङलाई गएराति ठमेल क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
विगत केही दिनदेखि प्रहरीले काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँबाट गुण्डागर्दीमा संलग्न र बिचौलिया बनेर नागरिकलाई दुःख दिएको आरोपमा पक्राउ गर्ने क्रम तीव्र पारेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरले आइतबार मात्रै ३० जनालाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ।
531
Shares

प्रतिक्रिया