समाज


गुन्डा नाइके ‘सानुभाइ’सहित काठमाडौँबाट १८ जना पक्राउ

गुन्डा नाइके ‘सानुभाइ’सहित काठमाडौँबाट १८ जना पक्राउ

नेपालखबर
चैत २२, २०८२ आइतबार ८:४२, काठमाडौँ

गुन्डा नाइकेको रुपमा चिनिएका ‘सानुभाइ’ भनिने युवराज गुरुङसहित १८ जनालाई प्रहरीले गएराति काठमाडौँबाट पक्राउ गरेको छ।

शनिबार राति काठमाडौँको सामाखुसीबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिए। 

प्रहरीले विगत केही दिनदेखि काठमाडौँमा गुण्डागर्दीबिरुद्ध अपरेसन सञ्चालन गर्दै आएको छ। शुक्रबार राति पनि प्रहरीले काठमाडौँबाट १५० जनाभन्दा धेरैलाई पक्राउ गरेको थियो। 

‘अहिलेसम्म गुण्डागर्दीमा संलग्न ३७ जनासहित काठमाडौँबाट १९५ जनालाई नियन्त्रणमा लिइसकेका छौँ,’ थापाले नेपालखबरसँग भने, ‘प्रहरीको यो अभियान निरन्तर जारी रहन्छ।’

नुवाकोटको ककनी गाउँपालिका–५ घर भएका गुण्डा नाइके सानुभाइ काठमाडाैँको टोखास्थित सुर्यदर्शन हाइटमा बस्दै आएका थिए। ३३ वर्षीय उनी यसअघि पनि पटक-पटक पक्राउ पर्दै छुट्दै आएका थिए। 

सानुभाइ प्रहरी इन्काउन्टरमा मारिने कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगीसमेत भएका प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad