सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१, घ्यांक्योको जंगलमा लडेर घाइते भएका युवकको उद्धार गरिएको छ।
ललितपुरको गोदावरी नगरपालिका-४ का २४ वर्षीय युवक घ्यांक्यो जंगलमा लडेर घाइते भएका थिए। नेपलाी सेनाको श्रीनाथ गण सुरक्षा गुल्म हेलम्बुबाट खटिएको टोलीले उनको उद्धार गरेको हो।
अन्य सुरक्षा निकायसँगको सहकार्यमा बुधबार बिहान साढे ६ बजे उनको सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
90
Shares

प्रतिक्रिया