समाज


तनहुँमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते

तनहुँमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते

नेपालखबर
चैत २, २०८२ सोमबार ६:२९, काठमाडौँ

तनहुँको भिमादमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। 

रिठ्ठाभञ्ज्याङ-सेराबेंशी मोटर मार्गमा बुचाखानीबाट निर्माण सामाग्री लिएर ठकुरी थरतर्फ जाँदै गरेको लु.३ त ३०२६ नम्बरको  ट्याक्टर भिमाद नगरपालिका-९ अस्पाक्दीमा ट्याक्टर दुर्घटना भएको हो। 

चालकले नियन्त्रण गुमाउँदा ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा कपिलबस्तु शिवराज नगरपालिका- १ चैनपुर घर भएको ४५ वर्षीय माइला भन्ने लड्डु थारुको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा ट्याक्टर चालक तनहुँको म्याग्दे गाउँपालिका-५ थाङपाटन बस्ने ३२ वर्षीय अनिल कुमाल, कपिलबस्तुकै शिवराज नपा. १ सहजनेपाल घर भएका ५० वर्षीय नारायण पुन र ५१ वर्षीय दुर्गा बहादुर पुन घाइते भएका छन्। 

कुमाल र नारायण पुनलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा रिफर गरिएको छ भने दुर्गाबहादुर पुनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad