ad ad

समाज


संस्कृतिविद जोशी एक सय एक वर्षमा

संस्कृतिविद जोशी एक सय एक वर्षमा

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार ९:३०,

शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी १ सय १ वर्षमा पुगेका छन्।

वि.सं.१९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मेका जोशी आज १ सय १ वर्षमा प्रवेश गरेका हुन्। जोशीले नेपाली कला, संस्कृति र साहित्यमा महत्वपूर्ण योगदान दिएका छन्।

जोशीको जन्मदिनका अवसरमा विभिन्न व्यक्ति, समुदायले शुभकामना दिएका छन्। लकडाउनका कारण जन्मदिन मनाउन कुनै औपचारिक कार्यक्रम आयोजना नगरिएपनि उनको परिवारले घरमै पूजा गरी जन्मदिन मनाएका छन्। गत वर्ष सय वर्ष पुगेको अवसरमा ललितपुर महानगरपालिकाले महानगरपालिका भर सार्वजनिक विदा दिई विभिन्न कार्यक्रम गरी जन्मशताब्दी मनाएको थियो।

जोशीले यसपटक आफुलाई शुभकामना दिनेहरुलाई धन्यवाद दिदै अझैपनि केही असल काम गरेर जीवन बिताउन पाउँ भन्दै प्राथना गरेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .