नेपालका पहाडी र हिमाली जिल्लामा आज हार्षोल्लासपूर्वका फागुपूर्णिमा अर्थात् होली पर्व मनाइँदैछ।
काठमाडौँको वसन्तपुरमा पनि यतिबेला भव्य रूपमा होली चलिरहेको छ। वसन्तपुरको होलीमा विदेशी पर्यटकसमेत सहभागी भएका छन्।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावका साथ आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।
फागुपूर्णिमा अर्थात् होली पर्व आज नेपालका हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ।
फागु पर्वका उपलक्ष्यमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। तराई क्षेत्रमा भने मङ्गलबार होली मनाइँदै छ।
केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ।
तस्बिरमा हेर्नुहोस् वसन्तपुरमा होलीको रौनक

































Shares

प्रतिक्रिया