यही फागुन २१ गते प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन हुँदै छ।
निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।
अब भोलि (१८ गते) राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ भने आजै राति १२ बजेबाट अन्तर्राष्ट्रिय सिमानाका बन्द हुने भएको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउने उद्देश्यले अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरूमा सिमानाका बन्द गर्न लागिएको हो।
निर्वाचन सुरक्षा निर्देशिकामा निर्वाचन हुनुभन्दा ७२ घण्टा अगाडी सिमानाका बन्द गर्नुपर्ने प्रावधान छ।
यस्तै, निर्वाचनका दिन अत्यावश्यक बाहेकका सवारी साधन चल्ने छैनन्। २० गते राति १२ बजेअगावै यात्रुहरू गन्तव्यमा पुगिसक्नु पर्नेछ। सोही कारण उपत्यका छाड्नेहरूको भिड बढेको छ।
आइतबार काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्क पुग्दा विभिन्न जिल्ला जाने यात्रुहरूको चाप थियो। यस्तै, आफ्नै निजी सवारी साधन प्रयोग गरेर र अन्य स्थानबाट समेत उपत्यका छाड्नेहरूको लर्को लागेको छ।
अब तीन दिनपछि हुने निर्वाचनमा देशभर एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले मत हाल्ने छन्। जेनजी आन्दोलनपछि हुन लागेको यो मध्यावधि निर्वाचनमा मतदाता उत्साहका साथ सहभागी हुँदै छन्।


























Shares

प्रतिक्रिया