समाज


आज पनि गौरमा ‘कर्फ्यु’

आज पनि गौरमा ‘कर्फ्यु’

नेपालखबर
फागुन १०, २०८२ आइतबार ९:३३, काठमाडौँ

शनिबार दिउँसो १ बजेदेखि रौतहटको सदरमुकाम गौर नगर क्षेत्रभित्र लगाइएको ‘कर्फ्यु’ आज पनि जारी छ। 

अत्यावश्यक कामका लागि आज बिहान ६३० देखि ८३० सम्म २ घण्टा केही खुकुलो पारिएको कर्फ्यु त्यसयता पूर्ण रूपमा लागु गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिएका छन्। 

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार कर्फ्यु गौर नगरपालिकाको पूर्व मुडबलवा गेट, पश्चिम लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयभित्र लगाइएको हो। 

यसैबिच गौरमा दुई समूहबिच भएको झडपमा संलग्न २३ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्ने दुवै पक्षका छन्। 

मुस्लिम समुदायको तर्फबाट झडपमा सहभागी जनमत पार्टीका जिल्ला संयोजक शेख जमशेदसहित र हिन्दु पक्षका वडा अध्यक्ष बिहारी प्रसाद साह तेलीसहित २३ जनालाई प्रहरीले पक्राउ गरेको छ। शेख जमशेद पूर्व वडाध्यक्ष पनि हुन्। 

शुक्रबार दुवै समुदायबिच छलफल गराएर प्रशासनले सहमति गराए पनि शनिबार बिहानै झडप भएको थियो। यसपछि स्थानीय प्रशासनले त्यस क्षेत्रमा कर्फ्यु लगाएको हो।

कर्फ्यु लगाएपछि स्थिति प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले बताए। 

त्यहाँको सुरक्षा अवस्था बारे केन्द्रीय सुरक्षा समितिमा पनि गम्भीर छलफल भएको छ।

त्यस क्षेत्रसहित समग्र मधेसको शान्ति सुरक्षाको अवस्था बुझ्न कार्य विभागका प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीलाई खटाउने निर्णय भएको छ। 

केन्द्रीय सुरक्षा समितिले त्यहाँ दुवै पक्षलाई सामाजिक तथा धार्मिक सद्‌भाव कायम राख्न आग्रह गर्दै गैर कानुनी कार्य गर्नेलाई कानुनी दायरामा ल्याइने जानकारी गराएको छ।

यसैबिच अहिले त्यहाँ सद्‌भाव कायम राख्ने विषयमा जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad