समाज


पुस ३० मा २.३ डिग्री रहेको काठमाडौँको न्यूनतम तापक्रम फागुन २ गते झन्डै ९ मा उक्लियो

पुस ३० मा २.३ डिग्री रहेको काठमाडौँको न्यूनतम तापक्रम फागुन २ गते झन्डै ९ मा उक्लियो

हालै खिचिएको काठमाडौँ सहरको तस्बिर


नेपालखबर
फागुन २, २०८२ शनिबार ११:११, काठमाडौँ

‘विन्टर सिजन’ (हिउँद याम) अन्त्यतिर आइपुग्दा बिस्तारै चिसो घट्दै र तापक्रम बढ्दै गएको छ।

यसै क्रममा आज शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम झन्डै ९ डिग्री सेल्सियसमा उक्लिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ८.९ डिग्री सेल्सियस छ। हिजो शुक्रबार यहाँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस थियो। 

गत पुस ३० गते २.३ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम क्रमश: बढ्दै गएको हो।

काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम पनि २१ डिग्री सेल्सियसभन्दा माथि पुगिसकेको छ। 

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

हेर्नुहोस् तापक्रम सूची (नोट : न्यूनतम आजका हुन् भने अधिकतम हिजोका)

विन्टर यही फेब्रुअरीसम्म, त्यसपछि? 

मौसमविद्का अनुसार नेपालको मौसमलाई जम्मा ४ भागमा वर्गीकरण गरिएको छ: प्रि-मनसुन, मनसुन, पोस्ट-मनसुन र विन्टर।

अहिले देशमा विन्टर अर्थात् हिउँद याम छ। डिसेम्बरदेखि जारी विन्टरको अवधि यही फेब्रुअरी महिनासम्म हो।

यसपछि मार्चदेखि प्रि-मनसुन लाग्छ। यो पनि ३ महिना- मार्च, अप्रिल र मेसम्म रहन्छ। 

यसपछि जुन महिनादेखि मनसुन लाग्छ। यो सिजन ४ महिना- जुन, जुलाई, अगस्ट र सेप्टेम्बरसम्म रहन्छ।

मनसुन सकिएपछि पोस्ट-मनसुन सुरु हुन्छ। यो सिजन २ महिना- अक्टोबर र नोभेम्बरसम्म रहन्छ।

अनि डिसेम्बरदेखि फेरि विन्टर अर्थात् जाडो याम लाग्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad