समाज


बैंकिङ कसुर र वैदेशिक रोजगारीमा ठगी: काठमाडौँबाट १ महिला र १ पुरुष पक्राउ

बैंकिङ कसुर र वैदेशिक रोजगारीमा ठगी: काठमाडौँबाट १ महिला र १ पुरुष पक्राउ

नेपालखबर
माघ २१, २०८२ बुधबार ५:४८, काठमाडौँ

नेपाल प्रहरीले काठमाडौँबाट वैदेशिक रोजगार र बैंकिङ कसुरको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एकजनालाई चन्द्रागिरि नगरपालिकाबाट र अर्कालाई कागेश्वरी मनोहराबाट पक्राउ गरेको हो।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी नगरपालिका–७ हसनटार बस्ने नुवाकोट विदुर नगरपालिका–३ घर भएका ३८ वर्षीया पुन्यवती जोशीलाई आज पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीले जानकारी दिए।

उनका अनुसार उनीमाथिको उच्च अदालत पाटन ललितपुरको २०८० वैशाख १० गतेको फैसलाले उक्त मुद्दामा रु पाँच लाख जरिवाना रु २० हजार पीडित राहत कोषमा जम्मा गराउने फैसला भएको थियो।

यस्तै उनलाई दुईदिन कैद सजाय ठहर भए पछि फरार हुँदै आएकामा मंगलबार टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका–७ हसनटारबाटै उनलाई पक्राउ गरेको हो।

यस्तै वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी जर्जिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने काभ्रे महाभारत गाउँपालिका–६ घर भएका ५२ वर्षीय पूर्णबहादुर वाइबालाई पनि प्रहरीले पक्राउ गरेको छ।

सूचना अधिकारी कार्कीले उनलाई पनि मंगलबार काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–६ बाट पक्राउ गरेको बताए। 

पूर्णबहादुरले जर्जिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट रु छ लाख ५० हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा कार्यालयको टोलीले उनको खोजी गरेको थियो।

जोशीलाई फैसला कार्यान्वयनकाल लागि अदालत पठाइएको र वाइबालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad