समाज


टिप्परको ठक्करबाट घाइते युवकको मृत्यु

टिप्परको ठक्करबाट घाइते युवकको मृत्यु

नेपालखबर
माघ १६, २०८२ शुक्रबार १७:३३, काठमाडौँ

काठमाडौँको सुकेधारामा टिप्परले ठक्कर दिँदा घाइते भएका पैदलयात्रीको शुक्रबार मृत्यु भएको छ। 

गएराति सुकेधारा चोकमा प्र. २-०३-००१ ख ७०३४ नम्बरको टिप्परले ठक्कर दिँदा संखुवासभा घर भई काभ्रेस्थली बस्ने २३ वर्षीय मिलन योञ्जन घाइते भएका थिए। गम्भीर घाइते भएका मिलनलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो। 

उनको शुक्रबार उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ। प्रहरीले टिप्पर चालकलाई नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad