समाज


ध्वनि प्रदूषण गरेर समाजमा आतंक सिर्जना गर्ने २५२ जना मोटरसाइकल चालक कारबाहीमा

ध्वनि प्रदूषण गरेर समाजमा आतंक सिर्जना गर्ने २५२ जना मोटरसाइकल चालक कारबाहीमा

नेपालखबर
माघ १२, २०८२ सोमबार ५:४५, कास्की

स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कास्की प्रहरीले कारबाही सुरु गरेको छ। 

कास्की प्रहरीले गत असोजदेखि सुरू गरेको ‘अपरेसन ३६५’अन्तर्गत हालसम्म २५२ मोटरसाइकल चालक कारबाहीमा परेका छन्।

जिल्ला प्रहरी र जिल्ला ट्राफिक कार्यालयले संयुक्त रूपमा सञ्चालन गरेको उक्त अपरेसनमा मोटरसाइकलमा होहल्ला गर्दै हिँड्ने, ध्वनि प्रदूषण गर्नेलाई कारबाहीको दायरामा ल्याइएको हो।     

समाजमा आतङ्क सृजना गर्ने र जाँचका बेला प्रहरीसँग वादविवाद गर्ने  मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई अनुसन्धान पश्चात् परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। 

प्रहरीले यो अभियान निरन्तर सञ्चालन हुने जनाएको छ। 

त्यसैगरि स्वीकृति नलिई सवारीसाधनको साइलेन्सर, सिट, रङ, स्वरूप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इञ्जिन, चेसिस परिवर्तन गर्ने वा ध्वनि प्रदूषण हुने खालका पार्टपूर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को बमोजिम १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad