जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) को सम्भावित मौसमबारे जानकारी दिएको छ।
महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा मौसम साधारणतया बदली हुनेछ भने बाँकी भूभागमा आंशिक बदली हुनेछ।
यस क्रममा दिउँसो कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना छ। तराईका थोरै स्थानमा भने मध्याह्नसम्म हुस्सु रहनेछ।
मौसम महाशाखाका अनुसार आज राति कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा मौसम आंशिक बदली हुनेछ भने देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।
यस क्रममा राति कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना छ।अनि तराई भूभागका थोरै स्थानमा हुस्सु रहनेछ।

Shares

प्रतिक्रिया