बैतडीको दशरथ चन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका-८ अनारखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म १ त १०१३ नम्बरको ट्याक्टर बिहीबार बिहान दुर्घटना भएको हो। दुर्घटनामा परेर एकको घटनास्थलमै मृत्यु भएको र तीन जना घाइते भएका छन्।
मृतक र घाइतेको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रवक्ता सुरज सिंहले जानकारी दिए। घाइतेलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको छ। ट्याक्टर सडकबाट ५० मिटर तल खसेको उनले बताए।
39
Shares

प्रतिक्रिया