समाज


चिसो बढेको काठमाडौँमा बिहान ५:४५ बजे कति देखियो न्यूनतम तापक्रम?

चिसो बढेको काठमाडौँमा बिहान ५:४५ बजे कति देखियो न्यूनतम तापक्रम?

नेपालखबर
पुस ९, २०८२ बुधबार ६:२५, काठमाडौँ

सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (बुधबार) पनि हिजो (मंगलबार) को जत्तिकै देखिएको छ। 

मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे गरिएको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस देखिएको हो।

हिजो पनि यो समय उपत्यकाको न्यूनतम तापक्रम यत्ति नै देखिएको थियो। यद्यपि पछि बिहान ८:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियसमा झरेको थियो।

आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले बिहान ८:४५ बजे नै आउँछ। त्यतिबेला न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ।

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम हुन्छ भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हुन्छ।

मौसम महाशाखाले हरेक दिन बिहान ८:४५ बजे न्यूनतम र साँझ ५:४५ बजे अधिकतम तापक्रम मापन गर्छ।

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम भने सुरुमा बिहान ५:४५ बजे पनि मापन गर्ने गर्छ।  

यस्तो थियो मंगलबार काठमाडौँसहित देशका विभिन्न स्थानमा न्यूनतम र अधिकतम तापक्रम:

  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad