समाज


माइतीघरमा मिराज ढुंगाना समूहको प्रदर्शन, केही पक्राउ (तस्बिरहरू)

माइतीघरमा मिराज ढुंगाना समूहको प्रदर्शन, केही पक्राउ (तस्बिरहरू)

सरोज शाही
पुस ७, २०८२ सोमबार १२:३१, काठमाडौँ

जेनजी प्रतिनिधि मिराज ढुंगानाको समूहले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ। सोमबार बिहान माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजी आन्दोलनको मर्म र युवा पुस्ताको भावना बुझ्न नसकेको आरोप लगाएका छन्। उनीहरूले १० बुँदे मागसहित सडक आन्दोलनमा उत्रिएका हुन्।

प्रदर्शनका क्रममा माइतीघर क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। सुरक्षा व्यवस्था कडा पारिए पनि केही जेनजी आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ।

ढुंगानाले आन्दोलनका क्रममा पक्राउ परेका युवामाथि लगाइएका मुद्दा खारेज गर्नुपर्ने, भ्रष्टाचार निर्मूल आयोग गठन गर्नुपर्ने तथा सर्वपक्षीय सरकार गठन गर्नुपर्ने लगायतका माग अघि सार्दै आइतबारदेखि आन्दोलन घोषणा गरेका थिए।

सरकारले भने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा सतर्कता अपनाइएको जनाएको छ।


प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad