समाज


महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी

महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी

नेपालखबर
मंसिर ९, २०८२ मंगलबार २०:३१, महेन्द्रनगर

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीका २१ वर्षीय रोशन दमाईं महाकाली नदीमा बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज दिउँसो महाकाली नदीमा पौडी खेल्ने क्रममा ओदालीका दमाईं नदीमा बेपत्ता भएका हुन्। 

बेपत्ताको राति अबेरसम्म नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले जोखीकार्य जारी राखेको भए पनि अहिलेसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

‘दमाईंसँगै पौडी खेल्न गएका अर्का युवक भने सकुशल छन्,’ प्रवक्ता बोहराले भने, ‘बेपत्ताको खोजीकार्यमा जुटिरहेको भए पनि अवस्था अझै अज्ञात छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad