ad ad

समाज


डडेलधुरा सदरमुकाममै छाउगोठ

डडेलधुरा सदरमुकाममै छाउगोठ

नेपालखबर
असार २४, २०७६ मंगलबार ३:४९,

डडेलधुरा सदरमुकामको बजारमै छाउपडी गोठ भेटिएको छ।

बजार छेउमा रहेको अमरगढी नगरपालिका–५ का विभिन्न गाउँका दर्जनौँ घरमा छाउगोठ भेटिएका हुन्।

यस क्षेत्रमा जिल्लाकै विभिन्न गाउँपालिकाबाट सदरमुकाम आई बसोवास गर्ने धेरै छन्।

घरका अभिभावकले आफ्ना छोरीबुहारीलाई बस्न घरभन्दा अलि टाढा छाउपडी गोठ बनाएका छन्।

धेरैजसो उपल्लो समुदायका महिला छाउगोठमा बस्छन्। महीनावारी भएका बेला घरमा बसे देवीदेउता रिसाएर अनिष्ट हुने भन्दै घरका अभिभावकले छोरीबुहारीलाई बस्न अलग्गै छाउपडी गोठ बनाएका हुन्।

असुरक्षित रहेका यी छाउगोठमा महीनावारी भएका महिलालाई ५/६ दिनसम्म राख्ने गरिन्छ।

सदरमुकाममा रहेको बजार छेउमै कुरीतिका रूपमा रहेको छाउगोठ भेटिएपछि महिला अधिकारकर्मीले आश्चर्य व्यक्त गरेका छन्।

एक्काइसौँ शताब्दीमा पनि सदरमुकाम नजिकैका अधिकांश गाउँमा अझै महिलालाई महीनावरी भएको बेला छाउगोठमा राखेर पशुसरह व्यवहार गरिएको महिला अधिकारकर्मीले बताएका छन्।

डडेल्धुरा सदरमुकाम बागबजार, तुफानडाँडा, खलङ्गा, कीर्तिपुर र पोखरा बजारका क्षेत्रमा महीनावारी भएका बेला बस्ने कोठा अथवा छाउगोठ कायमै रहैको महिला अधिकारकर्मी इन्दिरा ताम्राकारले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .