ad ad

समाज


पहिरोले मैलुङ-स्याफ्रु सडक अवरुद्ध

पहिरोले मैलुङ-स्याफ्रु सडक अवरुद्ध

नेपालखबर
असार २४, २०७६ मंगलबार ३:३७,

अविरल वर्षापछि पहिरो जाँदा रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रु सडकखण्ड अवरुद्ध भएको छ।

सोमबार राति भएको वर्षापछि सडकका विभिन्न ठाउँमा पहिरो जाँदा यातायात अबरुद्ध भएको हो। बाढीले सडक बगाउँदा आइतबार पनि यो सडक अबरुद्ध भएको थियो।

मर्मतपछि सोमबारदेखि सञ्चालनमा आएको सडक मंगलबारदेखि पुनः अबरुद्ध भएको रसुवाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

सडकको पहिरो हटाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको भण्डारीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .