समाज


ड्युटी सकेर घर फर्कंदै गरेका प्रहरी जवानको मोटरसाइकल दुर्घटना मृत्यु

ड्युटी सकेर  घर फर्कंदै गरेका प्रहरी जवानको मोटरसाइकल दुर्घटना मृत्यु

नेपालखबर
बैशाख १३, २०७७ शनिबार ८:२६,

बाँके जिल्लाको नेपाल भारत सीमा क्षेत्रको क्वारेन्टिनको सुरक्षामा खटिएका एक प्रहरी जवानको मोटरसाइकल दुर्घटना निधन भएको छ।

क्वारेन्टिनको ड्युटी सकेर मोटरसाइकलमा घर फर्कने क्रममा शनिबार बिहान भएको दुर्घटना उनको मृतयु भएको हो।

ड्युटी सकेर भे ३ प ३९ नं को मोटरसाइकलमा निवास फर्कनेक्रममा प्रहरी जवान सुवास सार्कीको राँझाचोक नजिकै सडकको डिभाइडरमा ठोक्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरी कार्यालय मुद्दा शाखा इञ्चार्ज प्रहरी निरीक्षक हृदयेन्द्र सापकोटाले शनिबार बिहान करिब ३ बजे सो दुर्घटना भएको जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .