स्वास्थ्य क्षेत्र सुधार अभियानमा संलग्न चिकित्सकहरुले निजी मेडिकल कलेजमा बढाईएको एमबीबीएस र बीडीएसको सीट संख्या खारेज गर्न आग्रह गरेका छन्।
चिकित्सकहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि १५ बुँदे ज्ञापनपत्र बुझाउदै एमबीबीएसको सीट १ सय कायम गर्न माग गरेका हुन।
नेपालमा रोजगारीको अभावका कारण विदेशिने चिकित्सकको संख्या बढेको भन्दै उनीहरुले नेपालमा आवश्यक जनशक्ति उत्पादन गर्न मात्र प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
सरकारी मेडिकल कजेका सीट गुणस्तर र आवश्यकता अनुसार कायम हुने गरी बृद्धि गर्न र निजी मेडिकल कलेजहरुमा स्नाकोत्तरतर र डीएम,एमसीएच कार्यक्रममा पनि छात्रवृत्तिको व्यवस्था कायम गराउन प्रधानमन्त्रीको ध्यानआकृषण गराएका छन्।
अस्थायी र स्थायी लाइसेन्स प्रणालीका श्रेणीहरु खारेज र बैदेशिक मेडिकल कलेजका मापदण्ड २०२०को अनुसार कायम गर्न माग राखेका छन्।
Shares

प्रतिक्रिया