समाज


मुग्लिन-नारायणगढ सडकमा सबै प्रकारका सवारी सञ्चालनमा रोक

मुग्लिन-नारायणगढ सडकमा सबै प्रकारका सवारी सञ्चालनमा रोक

फाइल तस्बिर


नेपालखबर
असोज १८, २०८२ शनिबार १९:९, काठमाडौँ

मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको छ। पहिरोको उच्च जोखिममा रहेको यस खण्ड शनिबार साँझ ६ बजेदेखि सबै प्रकारका सवारीसाधन आउजाउमा रोक लगाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

देशका अधिकांश भूभागमा अविरल वर्षा भइरहेको र विशेषगरी तुइन खोलालगायत अन्य स्थानमा पहिरोको जोखिम उच्च रहेकाले सडक बन्द गरिएको डिभिजन कार्यालयले जनाएको छ। 

सम्भावित दुर्घटनाबाट बच्न सुरक्षा निकायको समन्वयमा सडक बन्द गरिएको डिभिजनले कार्यालयले भनेको छ।  

त्यस्तै कार्यालयले अत्यावश्यकका सवारीसाधनसहितको यात्रा गर्नुपर्ने भएमा सम्बन्धित सुरक्षा निकायसँग समन्वय गर्न पनि आग्रह गरेको छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad