ad ad

समाज


भोकै परेकालाई पोखरामा निःशुल्क भोजन, बुधबारसम्म ४३ सयलाई खुवाइयो

भोकै परेकालाई पोखरामा निःशुल्क भोजन, बुधबारसम्म ४३ सयलाई खुवाइयो

वाशुदेव मिश्र
बैशाख १०, २०७७ बुधबार १४:५७,

लकडाउनका कारण खाना खान नपाएर अप्ठेरोमा परेकाहरुलाई पौरखी स्वयम् सेवक समुह पोखराले पाँच दिनमा ४३ सय जनालाई निःशुल्क खाना खुवाएको छ। शनिबारदेखी सुरु भएको अभियानमा बुधबार साँझसम्म ४ हजार २ सय ९९ जनालाई खाना खुवाएका हुन्। 

पौरखी स्वयम् सेवक समुहका सदस्यले सडकमा बस्दै आएका, घरमा खाने कुरा नभएर भोकै बस्नु पर्ने अवस्था आएका, हिँडेर गन्तव्य जाँदै गरेकाहरुलाई खाना दिँदै आएका छन्। उनीहरुले खाना पकाएरै प्याक गरेर पु¥याउने गरेका छन्। पोखरा ७ शान्तिनगरमा रहेको शान्तिनगर व्याङक्युटमा खाना पाक्छ। खाना प्याक गरेर खाना नपाएको खबर आए पछि सोही ठाउँका स्थानी, जनप्रतिनिधि, प्रहरीसँग समन्वय गरेर खाना पु¥याउने गरेको पौरखी स्वयमसेवक समुहका जनक पराजुलीले बनाए।

पहिलो चरणमा आफूहरुले नै नगद उठाएर बिहान र बेलुकाको खानाको प्रबन्ध गरेको उनको भनाई छ।

घरमा चुल्हो बल्नै छाडेको अवस्थामा समुहका सदस्यलाई टेलिफोन वा कुनै माध्यमले सम्पर्क गरे पीडित भएकै ठाउँमा खाना पु¥याउने गरेका स्वयम सेवी समुहका अर्का सदस्य राजु शर्माले बताए। उनले विहान ८ बजेदेखि १० बजेसम्म साँझ ५ बजेदेखि खाना पु-याइदिने गरेका छन्। खानाका प्याकेटमा दाल, भात, अचार र तरकारी समावेश गरेर पु¥याउने व्यवस्था गरेको बताए।

‘यो अवधिमा कोही भोकै बस्न नपरोस् भनेर खाना खुवाउने काम थालेका हौँ,’ अर्का सदस्य विष्णु प्रसाद पौडेलले भने ‘धेरै जना भोक भोकै परेको सुने पछि यो अभियान शुरु गरेका हौँ।’

उनले कामका लागि सहयोगी दाता र सहयोगी मन दिन दिनै थपिँदै गएको बताए। खान पाएनन् भनेर पनि दिनै पिच्छे बढ्दै गएको उनले बताए। खानै नपाउने अवस्थाको ठुलो परिवार छ भने पोखरा महानगरलाई नै राहतको व्यवस्था गर्न भनेको उनले बताए।

शनिबार बिहानबाट शुरु भएको अभियानमा पाँच दिन सम्ममा ४ हजार २ सय ९९ जनालाई खाना निःशुल्क पु-याइसकेको समुहका अर्का सदस्य खेमराज तिमिल्सिनाले बताए। शनिबार विहान बेलुका गरेर ३ सय ११ जना, आइतबार विहान बेलुका ९ सय ४५ र सोमबार विहान बेलुका १ हजार ४९, मंगलबार ८ सय ५१ जना र बुधबार १ हजार १ सय ४३ जनालाई खाना पु¥याएको उनले बताए।

यता, पोखरा १५ नयाँगाउँ चोकमा हालै सञ्चालनमा आएको याक तिवेतियन रेष्टुरेण्ट एण्ड क्याफेका सञ्चालक हरिशरण थपलिया, सुरेश थापा, सुरजमान सिंह बस्नेत, डविन गुरुङ र साथीहरू मिलेर व्यक्तिगत खर्चमा निःशुल्क खाना बाँडिरहेका छन्।

दिन प्रतिदिन खाना खानेहरू बढिरहेको वताउँदै सहयोग गर्न इच्छुकले यस कार्यमा सहभागी हुन हरिशरण थपलियाले अनुरोध गरेका छन्। विपतको वेलामा विशाल मनका यी युवाहरूले कोही भोकै बस्न नपरोस् भनेर थालेको यस अभियानमा पहिलो दिन ३०, दोस्रो दिन ९५, तेस्रो दिन १४०, चौंथो दिन १८०, पाँचौं दिन २३० र

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .