ad ad

समाज


अमेरिकामा भनिएभन्दा तीन साताअघि नै कोरोनाबाट पहिलो मृत्यु भएको पुष्टि

अमेरिकामा भनिएभन्दा तीन साताअघि नै कोरोनाबाट पहिलो मृत्यु भएको पुष्टि

नेपालखबर
बैशाख १०, २०७७ बुधबार १४:५५,

अमेरिकामा फेब्रुअरीको सुरुमै कोरोना भाइरसबाट मानिसहरुले ज्यान गुमाएको पुष्टि भएको छ।

यसअघि फेब्रअरी २९ मा वासिंगटनमा कोरोनाबाट पहिलो व्यक्तिको मृत्यु भएको बताइएको थियो।

तर, फेब्रुअरी ६ र १७ मा क्यालिफोर्नियामा ज्यान गुमाएका दुई व्यक्तिमा कोरोना संक्रमण भएको शव परीक्षणबाट पुष्टि भएको छ।

ती व्यक्तिहरु उत्तरी क्यालिफोर्नियाका सान्ता क्लारा काउन्टीको भएको बताइएको छ।

ती दुवैले अन्य मुलुक भ्रमण नगरेको बताइएको छ।

‘यो निकै ठूलो खुलासा हो,’ हार्वड ग्लोबल हेल्थ इन्स्टिच्युटका निर्देशक डा. आशिष झा भन्छन्, ‘फेब्रुअरी ६ मा ज्यान गुमाउने व्यक्तिमा सम्भवतः जनवरीको मध्यमै भाइरस सरेको हुनुपर्छ। भाइरस सरेपछि मृत्यु हुनका लागि कम्तीमा दुईदेखि तीन साता लाग्छ।’

यसको अर्थ जनवरीको मध्य अथवा त्यसअघि नै क्यालिफोर्नियामा भाइरस समुदायमा फैलिएको हुनसक्ने उनले बताए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .