समाज


दरबारमार्गसहित काठमाडौँका ८ वटा वृत्तमा प्रहरी इन्चार्ज हेरफेर

दरबारमार्गसहित काठमाडौँका ८ वटा वृत्तमा प्रहरी इन्चार्ज हेरफेर

नेपालखबर
असोज २, २०८२ बिहिबार १२:३४, काठमाडौँ

जेनजी आन्दोलनमा ठुलो जनधनको क्षति भएपछि काठमाडौँ उपत्यकाका ८ वटा वृत्तमा प्रमुख हेरफेर गरिएको छ। यसअघिका वृत्त इन्चार्जलाई सरुवा गर्दै नयाँ इन्चार्ज पठाइएको हो। प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले ९० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा गरेका हुन्। 

यो निर्णयले भक्तपुरको एउटा र काठमाडौँका सातवटा वृत्तका प्रमुख परिवर्तन भएका हुन्। भक्तपुरको जगाती, काठमाडौँका सिंहदरबार, दरबारमार्ग, नगर प्रहरी, मालीगाउँ, गौशाला, स्वयम्भू र बौद्धमा प्रमुख फेरिएका हुन्। 

डीएसपी चञ्चला श्रेष्ठ प्रहरी प्रधान कार्यालयबाट प्रहरी वृत्त जगाती भक्तपुर सरुवा भएकी छन्। 

प्रहरी वृत्त सिंहदरबारमा जनार्दन घिमिरेलाई यसअघि नै काज सरुवा गरिएको थियो। उनको दरबन्दी त्यहीँ कायम गर्दा प्रह्लाद कार्कीलाई त्यहाँबाट नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा खटाइएको छ। 

प्रहरी वृत्त मालीगाउँमा धनबहादुर बोहरा सरुवा भएका छन्। त्यहाँ कार्यरत सुनिल जंग शाह उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएका छन्। 

शाहले जेनजी आन्दोलनमा राजधानीका सबै वृत्त जल्दा पनि आफ्नो वृत्तको सुरक्षा गरेका थिए। प्रहरी वृत्त दरबारमार्गबाट राजकुमार श्रेष्ठलाई सरुवा गर्दै नारायण डाँगीलाई खटाइएको छ। 

प्रहरी वृत्त गौशालामा प्रकाश श्रीमल सरुवा भएका छन्। शुकदेव खनाललाई सीआईबी लगिएको छ। 

प्रहरी वृत्त स्वयम्भूबाट उद्धवसिंह भाटलाई सरुवा गर्दै मोहनमणि अधिकारीलाई खटाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 

प्रहरी वृत्त बौद्धमा सन्तोष रोक्काले जिम्मेवारी पाएका छन्। त्यहाँबाट जयश्वर रिमाललाई सरुवा गरिएको छ। 

नेपाल प्रहरीका ९० डीएसपीको एकसाथ सरुवा (सूचीसहित)

नेपाल प्रहरीका ४८ एसपीको सरुवा : जिल्ला इन्चार्ज व्यापक हेरफेर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad